अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असोज ५ गते।
आज पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप १ हजार ३३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
नेपालमा सङ्क्रमित सङ्ख्या ८ लाख ७५ हजार ९५९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
अहिलेसम्म निको हुनेको संख्या ७,५४००० जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा थप ५ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५३ पुगेको छ ।