आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घट्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असोज १२ गते।

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार रुपैयाँ कायम गरिएको छ। छापावाल सुन सोमबार प्रतितोला ८९ हजारमा ३०० मा कारोबार भएको थियो ।

त्यस्तै‚ तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ५५० रुपैयाँ कायम गरिएको छ। सोमबार प्रतितोला ८८ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो।

महासङ्घका अनुसार चाँदीको मूल्य सोमबारको तुलनामा मंगलबार प्रतितोला पाँच रुपैयाँले घटेको छ। सोमबार प्रतितोला एक हजार १६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार प्रतितोला एक हजार १५५ रुपैयाँ तोकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *