अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,असोज १९ गते।
आईपीएलमा सोमबार राति भएको खेलमा दिल्ली क्यापिटल्सले चेन्नाई सुपर किंग्सलाई तीन विकेटले पराजित गरेको छ ।
यसजितपछि १३ खेलबाट २० अंक जोड्दै दिल्ली शीर्ष स्थानमा समेत उक्लेको छ ।
खेलमा चेन्नाइले दिएको १३७ रनको लक्ष्य दिल्लीले १९.४ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।
दिल्लीको जितमा शिखर धवनले सर्वाधिक ३९ रन बनाए । शिम्रन हिटमायरले १८ बलमा अविजित २८ रन जोडे । चेन्नाइका रवीन्द्र जडेजा र शार्दुल ठाकुरले २/२ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाइले २० ओभरमा पाँच विकेट गुमाएर १३६ रन बनाएको थियो । चेन्नाइका अम्बाती रायडुले अविजित रहँदै सर्वाधिक ५५ रन बनाए । रोबिन उथप्पाले १९ तथा कप्तान महेन्द्र सिंह धोनीले १८ रन जोडे ।
दिल्लीका अक्सर पटेलले चार ओभरमा १८ रन खर्चेर दुई विकेट लिए । एनरिक नोर्किया, आभेष खान र रविचन्द्रन आश्विनले समान एक/एक विकेट लिए ।
जितपछि १३ खेलबाट २० अंक जोडेको दिल्ली चेन्नाइलाई पछि पार्दै शीर्ष स्थानमा उक्लेको छ ।