जनकपुरधाममा रावण वध कार्यक्रम धूमधामका साथ सम्पन्न

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,असोज ३० गते।

जनकपुरधाममा विजयादशमीको अवसरमा रावण वध कार्यक्रम यस वर्ष पनि धूमधाम साथ सम्पन्न गरिएको छ । कार्यक्रम हेर्न हजारौं जनकपुरधाम र वरिपरिका गांउघरबाट सर्वसाधारहरुको भिड लागेको थियो ।

१४ वर्षे वनवासपछि रावणसँग युद्धमा भगवान् रामले आफ्नी श्रीमती सीतालाई रावणको कब्जाबाट मुक्त गर्न सफल भएका थिए । सोको खुसीयालीमा जनकपुरधाममा विजयादशमीको दिन रावण वधका लागि विशेष कार्यक्रमको आयोजना  हुँदै आएको छ ।

जनकपुरधामस्थित धनुषसागर र गंगासागरको तलाउ बीचमा रहेको डिलमा ५२ फिटको बनाइएको रावणको प्रतिमा निर्माण गरी धनुषवाणले रावणको वध गरि दहन गर्ने गरिएको हो । कार्यक्रममा रावण, मेघनाथ र कुम्भकर्णको पुतला जलाईएको थियो ।

यस वर्ष राम मन्दिरका पुजारी राम गिरीले रावण वध गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *