प्रदेश २ को धनुषामा पिस फोर्स संयोजकमा यादव निर्बाचित

अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा  समाचारदाता,कार्तिक १९ गते।  

नेपाल परिवार दल निकट पिस फोर्स नेपालका प्रदेश २ का संयोजकमा धनुषाका शिव शंकर यादव निर्बाचित भएका छन् । जनकपुरमा आयोजित बिशेष भेलाले युवा नेता यादवलाई प्रदेश संयोजकमा चयन गरेको हो।

त्यसैगरी उपाध्यक्षमा रंजिस कुमार मिश्र र दिपेन्द्र शाह र सरिता कुमारी यादव, सचिवमा पुनम कुमारी यादव लगायत  १०१ सदस्यीय प्रदेश समिति गठन गरेको छ।

बिशेष भेलालाई सम्बोधन गर्दै नेपाल परिवार दलका केन्द्रिय सदस्य अब्दुल केयुम शाह फकिरले पिस फोर्सलाई शुभकामना दिदै युवालाई सकारात्मक र रचनात्मक बाटोमा अघि बढी देशको नेतृत्व गर्न सक्ने बनाउन आफ्नो पार्टी क्रियाशील रहेको बताए।

पिस फोर्सका केन्द्रिय अध्यक्ष रबिन्द्र चौलागाई र महासचिव नोइन्द्र खतिवडाले युबाहरुलाई प्रशिक्षण दिएका थिए। पिस फोर्स नेपाल देशभरी संगठन बिस्तारमा लागि परेको आयोजकले जानकारी दिनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *