चुनावी तयारीमा राष्ट्रवादी युवा नेता नविन झा, डम्पिङ साईड, धार्मिक हब तथा स्मार्ट वार्ड हुने!

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,मंसिर १ गते।

 राष्ट्रिय प्रजातन्त्र पाटीका जनकपुरधाम उप-महानगरपालिकाको नगर सचिब नवीन झा आउँदो स्थानीय चुनावको तयारीमा रहेका छन् ।

 हिन्दूत्व र राजवादी अभियान चलाउदै आइरहेका उनी युवाहरुमा लोकप्रिय् युवा नेता बन्न सफल भएका हुन । उनी जनकपुर उपमहानगरपालिका वडा नं. ७ को वडा अध्यक्ष पदका प्रत्यासी हुने करिब -करिब फाइनल भएको छ ।

सबैको चुनावी मुद्दा जे भए पनि युवा नेता झाको मुद्दा केहि फरक छ। जनकपुरधामलाई धार्मिक पर्यटकीय राजधानी कायम गरि, स्मार्ट वडा तथा स्मार्ट सहर बनाउने, फ्रि-शिक्षा तथा फ्रि-स्वास्थ्य, साथै फोहरलाई डम्पिङ साइडमा उचित व्यवस्थापन गर्ने लक्ष्य रहेको छ।

केही दिन अगाडि राष्ट्रिय प्रजातन्त्र पाटीले नगर समितिको सचिव पदमा नवीन झालाई मनोनीत गरेको छ । कोरोनाको बखत राहत देखि जनकपुर सफाइमा समेत नेतृत्वदायी भूमिका खेलेका हुन् ।

बिगत ६ र्ष देखि सामजिक कार्यमा रहेका झा दशरथ युवा कमिटी कोषाध्यक्ष, राष्ट्रवादि नागरिक समाज -सहसँयोजक तथा मैथिल ब्राह्मण समाजका युवा अध्यक्ष र हाल राष्ट्रिय प्रजातन्त्र पाटीका नगर सचिव छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *