अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,मंसिर ५ गते।
राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार महोत्तरी आउने भएकी छन् ।
राष्ट्रपति भण्डारी बाबा जलेश्वरनाथको पूजाअर्चना र दर्शनका लागि जलेश्वर आउने भएपछि उनको स्वागत, सत्कार र अभिनन्दन गर्न स्थानीयवासी आत्तुर देखिएका छन् । उनको स्वागतका लागि जलेश्वर नगरपालिकाले विभिन्न स्थानमा स्वागतद्वारा निर्माण, बाबा जलेश्वरनाथ महादेव मन्दिरलाई सजाउने र राष्ट्रपतिको सम्मान गर्ने कार्यको विशेष तयारी गरेको नगर प्रमुखले बताए ।
उनलाई जलेश्वरवासीका तर्फबाट अभिनन्दन गर्दै मायाको चिनो प्रदान गर्ने कार्यक्रमसमेत रहेको जानकारी दिए । राष्ट्रपति भण्डारीले जलेश्वरनाथ महादेव मन्दिरमा पूजाअर्चना तथा दर्शन गर्नेलगायतका कार्यक्रमका लागि सुरक्षा व्यवस्थाको सम्पूर्ण जिम्मेवारी विशेष कार्यदलको रहेको र सम्पूर्ण तयारी पूरा रहेको प्रमुख जिल्ला अधिकारीले बताए ।