लहान बसपार्कको अबैध असुली बन्द गर्न नेपाली काङ्ग्रेसको ध्यानाकर्षण

अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा  समाचारदाता,मंसिर २० गते।  

सिरहाको लहान १ स्थित संचालनमा रहेको बसपार्कमा अबैध  रकम असुली गरेको तथ्य फेला परेको छ। स्थानीय महेश गुप्ताको निजि बसपार्कलाई पैसाको आडमा लहान नगरपलिकाले बार्शीक ४३ लाखमा स्थानीय पपु सिंहलाई  ठेक्का दिएका छन्।

लहान नगरपालिकाले बिचोलीयाको काम गर्दै पैसा उठाउने गरेको छन्। स्थानीय पपु सिंहले बाध्य भएर पैसा उठाउनु भएको छ्। लहान नगरपालिकाको पुर्ण रूपमा बदमासी रहेको स्थानीय काङ्ग्रेस नेता महेश चौधरीको आरोप रहेको छ्। काङ्ग्रेसका नेता महेश चौधरी लगायत केहि नेताहरुले हिजो रकम उठाउनमा रोक लगाए हुन्। यस्मा ठेकेदार पपु सिंहको कुनै दोस नदेखिएको छ।

लहान नगरपालिकाले अबैध रकम असुली गरी रहेको भन्दै समाज सेबी तथा नेपाली काङ्ग्रेस सिरहा क्षेत्र नम्बर १ का सभापति महेश चौधरी नेतृत्वमा काङ्ग्रेसका राजनीति कार्यकर्ताहरु सब पार्क अगाडि पुर्व पश्चिम राजमार्ग अन्तर्गत नगरपालिका बाट परिचालित केहि कर्मचारी र प्रतिनिधिहरुले  राजमार्गमा चल्ने छोटो तथा लामो दुरिका सबारी साधनबाट मनपर्दी र जोर्जबर्जस्ती अबैध तरिकाले छोटो तथा लामो सबारी गाडीहरुलाई बसपार्कमा गाडीहरूलाई करगरेर गाडीबलाहरुसंग पैसा असुली गर्ने गरेको तथ्य फेला परेको छ।

नेता चौधरीका अनुसार आफू खुशी बसपार्कमा सबारी छिराएमा बसपार्कको चार्ज १०० र बाहिरको गाडीलाई ५० रुपैयाँ लिने गरेको छ्। गाडी बसपार्क भित्र छिराएमा चार्ज लिदा आफ्नो कुनै आपत्ति नरहेको नेता चौधरीको भनाइ छ र राजमार्कमा बसेका युवाहरुले सबारीवालाहरु संग पैसा उठाउनु सरासर गल्ती रहेको उनको ठहर रहेको छ। अर्को एक्सिडेन्ट्को जोखिम समेत देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *