आज थपिए २ सय ६५ जना कोरोना संक्रमित, कुल संख्या ९ लाख १८ हजार ४४९ पुग्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,मंसिर २० गते।  

आज पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप २ सय ६५ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नेपालमा सङ्क्रमित सङ्ख्या ९ लाख १८ हजार ४४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म निको हुनेको संख्या ८ लाख ४ हजार ९०१जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ। योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५४३ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *