ए डिभिजन लिग अन्तर्गत आज पाँचौं चरणका ३ खेल हुँदै

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पुस ३ गते।  

ए डिभिजन लिगअन्तर्गत आज पाँचौं चरणका ३ खेल हुँदैछन्।

दुई खेल काठमाडौंस्थित दशरथ रंगशालामा हुनेछ भने एक खेल पोखरा रंगशालामा हुनेछ।

पहिलो खेलमा दिउँसो १ बजे च्यासल र जावलाखेल क्लबबीच दशरथ रंगशालामा प्रतिस्पर्धा हुनेछ। च्यासलले अहिलेसम्मका चार खेलमध्ये एक जित र एक बराबरीसहित ४ अंक पाएको छ भने जावलाखेलले एक बराबरीबाट समान खेलमा १ अंक मात्र हात पारेको छ।

दोस्रो खेलमा पोखरा रंगशालामा मनाङ मर्स्याङ्दी र नेपाल पुलिस क्लबबीच दिउँसो २ बजे प्रतिस्पर्धा हुनेछ।

तेस्रो खेलमा पौने ५ बजे थ्री स्टार र न्युरोड टिम ९एनआरटी बीच प्रतिस्पर्धा हुनेछ। यी दुवै टोलीले यसअघिका चार खेलबाट एक जित र दुई बराबरीसहित ५ अंक हात पारेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *