अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पुस ७ गते।
‘मिस वर्ल्ड’ को फाइनल आगामी २ चैतमा हुने भएको छ ।
आयोजक र कर्मचारीमा कोरोनाभाइरस संक्रमण देखिएपछि गत १६ डिसेम्बरमा आयोजना हुने भनिएको फाइनल अन्तिम समयमा आयोजकले स्थगित गरेको थियो । प्रतियोगिता स्थगित गर्दा आयोजकले कोरोनाको स्थितिमा सुधार भए ९० दिनभित्र फेरि प्रतियोगिता सम्पन्न गर्ने जनाएको छ ।
आयोजकले जारी गरेको विज्ञप्तिमा मार्च १६, २०२२ मा कार्यक्रम आयोजना हुने बताइएको छ । आयोजकले विश्वभरका प्रतिस्पर्धीहरुले मार्च १६ अर्थात् चैत २ गते अमेरिकामा प्रतिस्पर्धा गर्ने भएको छ ।