आगलागीमा परेर रौतहटमा दुई बालबालिकाको मृत्यु

अनलाईन न्युजपाटी,रौतहट,समाचारदाता, पुस ७ गते।  

आगलागीमा परेर रौतहटमा दुई बालबालिकाको मृत्यु भएको छ ।

मृत्य हुनेमा फतुवा बिजयपुर १ बरगिनिया गाउँका जोखु यादवका ४ वर्षीया छोरी आराध्य यादव  र सन्दीप साहका ५ वर्षीय छोरा रोहित साह रहेका छन्। 

बरगिनिया गाउँमा मदन यादवको फुसको छाना रहेको घरमा मंगलबार दिउँसो २ बजे अचानक भएको आगलागीबाट जलेर ४ बर्षीया बालिका आराध्यको घटनास्थलमै मृत्यु भएको थियो ।

आगलागीबाट शरीरको अधिकांश भाग जलिसकेका ५ बर्षिय बालक रोहितको उपचारको क्रममा आज बिहान टिचिङ अस्पताल काठमाडौमा  मृत्यु भएको ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रमुख इन्स्पेक्टरले बताए । 

आगलागीबाट मदन यादवको घर तथा घरमा रहेको अन्न, लत्ताकपडा लगायत सबै सामान जलेर नष्ट भएको पीडित परिवारले जनाएको छ । त्यसैगरी रामबिश्वास यादवको १६० भन्दा बढी धानको भारी जलेर ५० हजार भन्दा बढिको क्षति भएको अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *