काँग्रेसको जनकपुरमा जारी प्रदेश २ को नयाँ नेतृत्वका लागि आज बिहान ८ बजेदेखि मतदान हुँदै

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,पुस ८ गते।  

नेपाली कांग्रेस जनकपुरमा जारी प्रदेश २ को नयाँ नेतृत्वका लागि आज बिहान ८ बजेदेखि मतदान हुँदैछ ।

बुधबार नै मतदान हुने कार्यतालिका रहे पनि मतपत्र छपाईमा ढिलाइ भएको भन्दै निर्वाचन समितिले बुधबार साँझ मतदान प्रक्रिया स्थगित गरी आज बिहान ८ बजेदेखि मतदान गर्न लागेको हो ।

जनकपुरधामस्थित गोपाल धर्मशालामा मतदान हुने कार्यक्रम तय भएको निर्वाचन समितिका संयोजकले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *