अनलाईन न्युजपाटी,बिराटनगर,समाचारदाता, पुस ९ गते।
इटहरीमा ट्रकको ठक्करबाट एक बृद्धाको मृत्यु भएको छ ।
शुक्रबार बिहान पौने ११ बजे इटहरी ४ स्थित हलगडा चोक नजिक कोशी राजमार्गमा प्रदेश १–०१०० ख नम्बरको इटहरी बाट धरान तर्फ जादै गरेको मालबाहक ट्रकले ठक्कर दिएको थियो ।
ठक्कर दिएलगतै धरान स्थीत घोपा पुर्याएकोमा चिकित्सकले महिलालाई मृत घोषण गरेका छन् ।
ठक्कर दिने ट्रक र ट्रक चालक तेह्रथुम जिल्ला बस्ने पेम्बा शेर्पा प्रहरीको नियन्त्रणमा रहेको डिएसपिले बताए ।