अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पुस ९ गते।
आज पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप २ सय ६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
नेपालमा सङ्क्रमित सङ्ख्या ९ लाख २३ हजार ०१६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रायलले जनाएको छ ।
अहिलेसम्म निको हुनेको संख्या ८ लाख १० हजार २७१जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रायलले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप १ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५८२ पुगेको छ ।