अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पुस १६ गते।
आजदेखि सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको सातौं चरणका खेलको सुरुआत हुनेछ ।
पहिलो खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी एफसी र एपीएफ एफसी भिड्नेछन् ।
विभागीय प्रतिष्ठा समेत जोडिएको यस खेल दिउँसो १ बजे सुरु हुनेछ ।
एपीएफ ६ खेलमा ५ अंक जोडेर ११औँ स्थानमा रहेको छ । आर्मी ६ खेलमा १० अंक जोडेर चौथो स्थानमा छ । साँझ पौने ५ बजे हुने दोस्रो खेलमा फ्रेन्ड्स क्लबले न्युरोड टिम एनआरटीलाई चुनौती दिनेछ ।
जारी लिगमा पुछारमा रहदै फ्रेन्ड्स रेलिगेशन जोनमा छ । एनआरटीविरुद्ध जित निकाल्दै फ्रेन्ड्स रेलिगेशन क्षेत्रबाट उम्कने दाउमा छ ।
एनआरटीसमेत फ्रेन्ड्सविरुद्ब जित निकाल्दै शीर्ष चारको आफ्नो लक्ष्यलाई कायम राख्न चाहन्छ । दुबै टोलीलाई विदेशी खेलाडीको साथ छ ।
फ्रेन्ड्स ६ खेलमा ३ अंक जोडेर पुछारमा छ । एनआरटी ६ खेलमा ७ अंक जोडेर आठौं स्थानमा छ । जारी लिगमा मछिन्द्र शीर्ष स्थानमा रहेको छ ।