सिरहामा स्वाधीन किसान अधिकार मंचको दर्जनौं कार्यक्रमहरु जारी

अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा  समाचारदाता,पुस १६ गते।  

सिरहामा किसानहरुको हक हितका लागी स्वाधीन किसान अधिकार मंच विभिन्न कार्यक्रमको आयोजना गरी किसानहरुको समस्या सुल्झाउन दर्जनौं सांकेतिक कार्यक्रमहरुको गर्न लागेका छन्।

किसानहरुलाई राज्य द्वारा अपहेलित गरेका छन्। किसानहरुको हकहित र अधिकार बिरोधि रबैयालाई उन्मुलन  गरी समयमै किसानका सम्पुर्ण समस्या सहज रूपमा सामाधान गर्न स्वाधीन किसान अधिकार मंचका संयोजक प्रमोद कुमार यादवको नेतृत्वमा सिरहा जिल्लामा दर्जनौं सांकेतिक धारणा कार्यक्रमहरुको आयोजना गरेका छन्।

समयमै किसानहरु मलखाद र पानी लगायत सम्पुर्ण समस्याहरु सहजताको लागी सिरहाको सरोकारबालाहरुलाई ध्यान केन्द्रित गर्न जिल्ला कृषि ज्ञान् केन्द्र सिरहा,जिल्ला सहकारी संघ सिरहा,जिल्ला कृषि कार्यालय सिरहामा ज्ञापनपत्र बुझाएका छन्।

स्वाधीन किसान अधिकार मंचका नेतृत्व पंक्तिहरुले किसानको लागी मल खाद,बिउ किटनाशक औषधी, बिजुली  र पेट्रोलियम पदार्थको सर्ब सुलभ ब्यवस्था गरीनु पर्ने, मल खाद्यमा हुँदै आएको कालो बजारी र अनियमिततालाई पुर्ण रूपमा निषेध हुनुपर्ने। किसान परिचय पत्र अनिवार्य रूपमा लागु हुनुपर्ने। कृषिका लागी सिंचाईको समुचित ब्यवस्था हुनुपर्ने।बैज्ञानिक खोज र अनुसन्धान कृषिमा थालिनु पर्ने लगायतका दर्जनौं माग राख्दै सिरहामा सांकेतिक धारणा आन्दोलनका कार्यक्रमहरु गर्दै आएका छन।

पुष १४ गते देखि सुरु गरेको आन्दोलन पुष २१ गते सम्म निरन्तर गर्दै आएका छन्। स्वाधीन किसान अधिकार मंचका संयोजक प्रमोद यादव,सदस्यहरुमा बिपिन कुमार यादव, देब कान्त सिंह,अशेश्वर कामती,जितेन्द्र कुमार सिंह,रिंकी कुमारी सिंह,शत्रुधन कुमार सिंह,लगायत ३५ जनाको एक समुहले सिरहामा किसानहरुको हक अधिकारको लागी जोडदार अवाज उठाएका छन्।

स्वाधीन किसान अधिकार मंच सिरहाले पुष २५ गते सिरहाको लहानमा बृहत कार्यक्रमको आयोजना गर्ने संयोजक प्रमोद यादवले जानकारी दिनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *