अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, माघ २ गते।
आज पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप ४ हजार ९६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १२५६२ पिसीआर परीक्षणबाट ४ हजार ५३४ र २५६९ एन्टिजेन परीक्षणबाट ४२७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका गत २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६२० पुगेको छ।