हिमानी ट्रष्ट मार्फत धनुषाको मिथिला नगरपालिकामा खाद्यान्न सामग्री वितरण

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता, माघ २ गते।

पूर्व युवराज्ञी हिमानी शाहद्धारा संचालित सेवामुलक संस्था हिमानी ट्रष्ट मार्फत धनुषाको मिथिला नगरपालिकामा २५ जना बाल-बालिकाहरुलाई खाद्यान्न सामग्री वितरण गरिएको छ ।

गरिब तथा विपन्न वर्गको लागि सहयोगार्थ कार्यकम” अनतर्गत धनुषामा आज तेस्रो पटक खाद्यान्न सामग्री वितरण गरिएको छ ।

हिमानी कोष (ट्रष्ट) धनुषाका अध्यक्ष जीतेन्द्र कुमार शाहको अध्यक्षतामा उपाध्यक्ष किशा गिरि र कोषको स्वंयसेवकहरुको उपस्थितिमा विपन्न परिवारबाट २५ जना बाल-बालिकाहरुलाई छनोट गरी हिमानी ट्रष्ट मार्फत  आज पौष्टिक आहार लिटो वितरण गरिएको हो ।

देशभर हिमानी ट्रष्टले राहत लगायतको सेवामुलक कार्य संचालनमा गर्दै आइरहेको छ । सोही सेवामुलक कार्य अन्तरगत हिमानी कोषको सहयोगमा धनुषाको विपन्न परिवारलाई पौष्टिक आहार लिटो वितरण गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *