५ देखि ११ वर्ष उमेरका बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप दिने तयारी

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, माघ ४ गते।  

५ देखि ११ वर्ष उमेरका बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप दिने सरकारले तयारी गरेको छ ।

विश्वका विभिन्न मुलुकले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई फाइजरको खोप दिइसकेका छन्। ५ वर्षमाथिका बालबालिकालाई लगाउने गरी सरकारले खोप खरिदको प्रक्रिया अघि बढाएको हो।

सरकारले १२ देखि १७ वर्ष उमेर समूहका किशोर-किशोरीलाई यसअघि नै कोभिडविरुद्धको खोप दिइसकेको छ।

स्वास्थ्य मन्त्रालयले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई दुई मात्रा पुग्ने ८० लाख मात्रा खोप खरिदको प्रस्ताव फाइजर कम्पनीसँग गरेको छ।

५ देखि ११ वर्षका बालबालिकाका लागि ०।२ एमएलका दरले दुई डोज लगाउनुपर्ने फाइजरले जनाएको छ। १२ वर्षभन्दा माथिका बालबालिकालाई भने फाइजरले ०।३ एमएलका दरले दुई डोज तोकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *