जनकपुरधाम नगरक्षेत्रमा जनमत पार्टीका कार्यकर्ताहरु र नेपाल प्रहरी बीच झडप

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता, माघ १२ गते।

जनमत पार्टी नेपालका नेता कार्यकर्ताहरुले जनकपुरधाममा बुधबार बिहानैदेखि नै विरोध प्रदर्शन गरिरहेका छन् । मधेस प्रदेशका आठै जिल्लाबाट राजधानी जनकपुर आइपुगेका जनमतका कार्यकर्ताहरुले लाठि, भराठासहित नगरक्षेत्रमा रैली प्रर्दशन गर्दै राष्ट्रिय सभाको निर्वाचन भइरहेको स्थान तिरहुतिया गाछितर्फ जान थालेपछि प्रहरीले अवरोध गरेको हो ।

जनमत पार्टीले किसानलाई मलखाद्य उपलब्ध गराउन माग गर्दै पूर्व घोषित कार्यक्रम अनुसार ‘पहिला मल दे अनि निर्वाचन गरा’ भन्ने नारासहित आन्दोलित भएको हो ।

किसानको मुद्दालाई सम्बोधन गराउनका लागि मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापन पत्रसमेत बुझाउने जनमतको कार्यक्रम छ । तर, बिहानैदेखि नगरक्षेत्रमा पार्टीका कार्यकर्ताहरुले उग्र प्रदर्शन गर्दै केहि गाडीमा तोडफोड गरेको छ भने प्रहरीको तर्फ बाट आँसु ग्यास प्रहार गरिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *