क्यानडाको राजधानी ओटावामा संकटकाल घोषणा

अनलाईन न्युजपाटी,ऐजेंसी,समाचारदाता, माघ २४ गते। 

क्यानडाको राजधानी ओटावामा संकटकाल घोषणा गरिएको छ ।

कोरोनाविरुद्धको खोप अनिवार्य गरिएको विरोधमा ट्रक चालकहरुले गरेको आन्दोलन चर्किएपछि क्यानडाको राजधानी ओटावामा संकटकाल घोषणा गरिएको छ ।

ओटावाका मेयर जीम वाट्सनले सहर पूर्णरूपमा नियन्त्रणबाहिर गएको बताएका छन्।

फ्रिडम कन्भोई भनिएको प्रदर्शन ट्रक ड्राइभरहरूलाई कोभिड खोप अनिवार्य पार्ने सरकारी नियमसँगै सुरु भएको थियो। कोभिड खोपको विरोधमा दोस्रो दिन पनि क्यानडाको राजधानी ठप्प रहेको छ ।

मेयर वाट्सनले प्रदर्शनकारीहरूले बढ्दो रूपमा असंवेदनशील व्यवहार गर्दै आएको बताएका छन् । प्रदर्शनकारीहरूले तारम्तार हर्न र साइरन बजाउने र पटाका पड्काउने काम गरेको उनको आरोप छ ।

वाट्सनले यो समाधान हुनु पर्ने र शहर पुरानै स्वरूपमा ल्याउनुपर्ने बताएका छन् । वाट्सनले जारी गरेको विज्ञप्तिमा ती प्रदर्शनकारीहरूले शहरका बासिन्दाको सुरक्षामा असर पुर्‍याएको उल्लेख गरेका छन् ।

ट्रक ड्राइभरहरूले सडकमा टेन्ट र गाडीहरू राखेर अवरोध सिर्जना गरेका छन्। क्यानडाका एक लाख २० हजार सीमा वारपार गर्ने ट्रक चालकमध्ये करिब ९० प्रतिशतले खोप लगाइसकेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *