अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,फाल्गुन ५ गते।
आज पछिल्लो २४ घण्टामा ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १३ हजार १०७ पुगेको छ ।
नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ४६ हजार ३३० पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ६ को मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९११ पुगेको छ ।