आज पनि सुनचाँदीको मुल्य स्थिर

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, असोज १५ गते

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि सुनचाँदीको मुल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार पनि सुनको मूल्य तोलामा २ लाख ९३ हजार ३०० रुपैयाँ नै थियो । त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ५१ हजार ४६० रुपैयाँ कायम छ ।

चाँदीको मूल्य पनि स्थिर रहेको छ । बुधबार प्रतितोला ४ हजार ४२५ रुपैयाँ रहेको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *