नेपालको टी२० विश्वकपमा छनोट हुने सपना चकनाचुर

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,फाल्गुन १० गते।

नेपालको टी२० विश्वकपमा छनोट हुने सपना चकनाचुर भएको छ ।

युएईविरुद्ध १७६ रनको लक्ष्य पछ्याएको नेपालले १८.४ ओभरमा सबै विकेट गुमाएर १०७ रनमात्र बनाउन सक्यो ।

ग्लोबल क्वालिफायरमा आफ्नो समूहको सबै खेल जितेर सेमिफाइनलमा पुगेको नेपाल युएईविरुद्ध निरीह बन्दा विश्वकप छनोटको नजिक पुगेर पुनः विश्वकप खेल्नबाट वञ्चित भएको हो ।

नेपाललाई हराउँदै युएई सन् २०२२ को अक्टोबर-नोभेम्बरमा अष्ट्रेलियामा हुने टी-२० विश्वकपमा छनोट भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *