नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक आज शुरु हुँदै

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,फाल्गुन ११ गते।

नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक आज  शुरु हुँदैछ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार कोरोनाका कारण प्रत्यक्षरूपमा हुन नसकेको बैठक यसपटक भौतिक रुपमा नै हुन लागेको हो । विसं २०७६ असोज २७ र २८ गते संयुक्त निर्देशक समितिको बैठकमा भारतको बैंग्लोर भएको थियो ।

यसअघिका अनौपचारिक बैठक श्रव्यदृष्यका माध्यमबाट आयोजना गरिएको थियो । बुधबार शुरु हुने बैठकमा नेपालका तर्फबाट ऊर्जा सचिव देवेन्द्र कार्कीको नेतृत्वमा मन्त्रालय मातहत निकायका अधिकारी सहभागी हुनेछन् । यस्तै, भारतका ऊर्जा सचिव आलोककुमार नेतृत्वको प्रतिनिधिमण्डलले सहभागिता जनाउनेछ ।

बुधबारको बैठकमा सहसचिवस्तरीय समितिले एजेन्डा तय गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *