रुसी आक्रमण र युद्धको त्रासबीच युक्रेनमा आपतकाल घोषणा

अनलाईन न्युजपाटी,ऐजेंसी,समाचारदाता, फाल्गुन १२ गते। 

रुसी आक्रमण र युद्धको त्रासबीच युक्रेनमा आपतकाल घोषणा गरिएको हो ।

यसअघि युक्रेनले आफ्ना सबै नागरिकहरुलाई रुसबाट फर्किन अनुरोध गरेको थियो ।

एक महिना लामो आपतकालको अवधिमा किभले कडा सुरक्षा सतर्कता अप्नाउनेछ भने आवश्यक परेको अवस्थामा कर्फ्यू लागू गर्न सक्नेछ । पूर्वी युक्रेनमा विखन्डनकारीको नियन्त्रणमा रहेको दुई क्षेत्रमा रुसले आफ्ना सेना पठाउने आदेश दिएपछि युक्रेनले आपतकाल घोषणा गरेको हो ।

रुसी सेना पूर्वी युक्रेन शान्ति मिसनमा खटिने मस्कोको भनाइ छ । तर, युक्रेनलगायत पश्चिमेली देशहरुले यसलाई मस्कोको अतिक्रमणको बहाना बताउँदै आएका छन् ।

रुसी कदमको राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *