आईसीसी टी–२० विश्वकपमा आज तेस्रो स्थानको लागि नेपाल ओमानसँग खेल्दै

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,फाल्गुन १२ गते।

आईसीसी टी–२० विश्वकपमा आज तेस्रो स्थानको लागि नेपाल ओमानसँग खेल्दै छ।

यसअघि नेपालले चारदेशीय सिरिज र समूह चरणको खेलमा ओमानलाई पराजित गरेको थियो।

तेस्रो स्थानको लागि हुने खेल नेपाली समयअनुसार पौने ४ बजे सुरु हुनेछ।

सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएको थियो भने ओमान आयरल्याण्डसँग पराजित भएको थियो।

त्यस्तै सोही समयमा विश्वकपका लागि छनोट भएका यूएई र आयरल्याण्डबीच फाइनल खेल पनि हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *