चुनावी चर्चामा युवा नेता बृजेश गुप्ता

अनलाईन न्युजपाटी,प्रिन्स मिश्रा ,कपिलवस्तु,समाचारदाता, फाल्गुन १२ गते।

कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं. २ का युवा व्यवसायी , समाजसेवी तथा युवा नेता बृजेश गुप्ताको वडा अध्यक्ष पदका लागि चर्चा चलेको छ ।

कृष्णनगर नगरपालिकाको मुख्य बजार भनेर चिनिएको वडा नं. २ अन्य वडा अध्यक्षको भन्दा वडा नं. २ को अध्यक्षको पदलाई निकै महत्वपूर्ण रूपमा हेरिन्छ ।  गुप्ता बिगत एक दशक देखी समाजसेवामा सक्रिय छन ।

अझ रोचक त २ नं. वड़ाबाट दर्जन भन्दा बढी यस वडाको अध्यक्ष पदका लागी आकाक्षी देखिएका छन् । छेत्रको एक मात्रै ठुलो बजार कृष्णनगर हो । अनि वडामा नै नगरपालिकाको कार्यालय रहनुले पनि यस वडाको अध्यक्ष पदमा धेरैको नजर टिकेको छ ।

दर्जन भन्दा बढी आकांक्षीहरूको भिडमा अहिले कृष्णनगर नगरपालिकाको केन्द्र वडा नं २ को अध्यक्ष पदमा बृजेश गुप्ताको नाम चर्चामा रहेको छ ।  युवाहरू माझ परिचित र प्रिय भएकै कारण पनि उनको बढी चर्चा भएको हो । र नेता गुप्ता चुनावको लागि तैयारी समेत थालेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *