अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,फाल्गुन १६ गते।
दाङमा माइक्रो र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा आगलागी भएको छ।
आगलागीमा परि एक जनाको मृत्यु भएको छ। दुर्घटनामा तीन जना घाइते छन्।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ का २१ वर्षीय रेशम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिए।
घोराहीबाट तुलसीपुरतर्फ आइरहेको बा ३ ख ८६४३ नम्बरको यात्रुबहाक माइक्रो र तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकल आइतबार बेलुकी ९ बजेतिर तुलसीपुर १८ दुधरासमा ठक्कर खाएको थियो।
दुर्घटनापछि मोटरसाइकलको ट्याङ्की फुटेर आगलागी भएको थियो। आगलागीले माइक्रो र मोटरसाइकल जलेका छन्।