अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,फाल्गुन २१ गते।
आज राष्ट्रिय सभा सदस्यमा नवनिर्वाचितहरुको शपथ ग्रहण हुँदै छ ।
शपथग्रहण कार्यक्रम आज बिहान ११ बजे सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको कक्षमा हुनेछ ।
राष्ट्रिय सभामा नेपाली कांग्रेसबाट ६, नेकपा माओवादी केन्द्रबाट ५, नेकपा एकीकृत समाजवादीबाट ५, नेकपा एमाले, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबाट एक–एक जना सदस्य निर्वाचित भएका थिए । सरकारको सिफारिसमा राष्ट्रपतिबाट एक जना सदस्य मनोनित हुन बाँकी छ ।
संघीय संसदको माथिल्लो सदनका रूपमा रहेको राष्ट्रिय सभा स्थायी संसद हो । यसमा कायम रहने ५९ सदस्यमध्ये एक तिहाइ सदस्यको कार्यकाल हरेक दुई वर्षमा समाप्त हुन्छ र सट्टामा सोही परमाणमा नयाँ सदस्यहरु निर्वाचित हुने व्यवस्था छ । सुरुमा गोलाप्रथाबाट सदस्यहरुको पदावधि निर्धारण गरिएको थियो, निरन्तरतामा भने सदस्यहरुको पदावधि ६ वर्षको हुने व्यवस्था छ ।