अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,चैत्र १ गते।
मानव बेचबिखन तथा ओसार पसार र अपहरण मुद्दाका फरार २ जना धनुषाबाट पक्राउ परेका छन्।
जिल्ला धनुषा जनकपुरधाम उप-महानगरपालिका वडा नं. १३ बस्ने जोगिन्द्र पासमानको छोरा ४२ वर्षको रामजी पासमान र निजको श्रीमति वर्ष ३२ कि बिभा पासमान समेत भएको मानव बेचबिखन तथा ओसार पसार र अपहरण मुद्दामा दोषी करार गरिएको छ।
केहि महिना अघि धनुषा जिल्ला अदालतको फैसलाले रामजि पासमानलाई २२ (बाईस) वर्ष कैद र रु. २,५०,०००।- जरिवाना र बिभा पासमानलाई १७ (सत्र) वर्ष कैद रु. १,५०,०००।– जरिवाना हुने गरी फैसला सुनाएको थियो।
फैसला पश्चात फरार रहेका दुवै जना आज जिल्ला धनुषा जनकपुरधाम उप-महानगरपालिका वडा नं. १३ स्थितबाट पक्राउ गरी जिल्ला अदालत धनुषामा उपस्थित गराई झुम्का कारागार कार्यालय सुनसरीमा पठाईएको छ ।