मोरङको लेटाङमा आज बिहानदेखि कर्फ्यु हट्यो

अनलाईन न्युजपाटी,बिराटनगर,समाचारदाता,चैत्र १० गते।

आज बिहानदेखि मोरङको लेटाङमा कर्फ्यु हटेको छ ।

जिल्ला सुरक्षा समितिको हिजो बसेको बैठकले अवस्था सामान्य बनेको भन्दै आज बिहान ६ बजेदेखि कर्फ्यु हटाउने निर्णय गरेको हो । लेटाङ–५ मा स्थानीय एक शिक्षकले आफ्नै विद्यालयका छात्रालाई होलीको दिन यौन दुर्व्यवहार गरेको विषयलाई लिएर गएको आइतबार तनाव भएको थियो ।

आइतवार स्थानीय बासिन्दा र सुरक्षाकर्मीबीच झडप हुँदा प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यानै गयो । घटनापछि लेटाङ नगरपालिका–३ र ४ को गंगेचोक र कमलपुर, लेटाङ–५ को सम्पूर्ण क्षेत्र र लेटाङ–६ को वडा कार्यालय क्षेत्र, मोरङे खोला र चिसाङ खोला क्षेत्रमा कर्फ्युको आदेश जारी भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *