प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाने

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,चैत्र १० गते।

प्रधानमन्त्री शेरबहादुर देउवा चैत्र तेस्रो साता भारत भ्रमणमा जाने भएका छन् ।

पाँचौपटक प्रधानमन्त्री भएपछि देउवा पहिलोपटक भारत भ्रमणमा जाने भएका हुन्।

प्रधानमन्त्रीको औपचारिक भ्रमण हुने प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए।

उनले भने, ‘प्रधानमन्त्री भ्रमणमा जाने निश्चित भएको छ। तर मिति तय भइसकेको छैन। मितिका बारेमा छलफल भइरहेको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *