अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,चैत्र १३ गते।
आज पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ४४५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा मुलुकभर थप २ सय १५ जना संक्रमितहरु निको भएका छन्, भने सो अवधिमा कुनै पनि संक्रमितको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।