महोत्तरीबाट श्रोत नखुलेको ५५ लाख रकमसहित दुई जना पक्राउ

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,चैत्र १४ गते। 

महोत्तरीबाट श्रोत नखुलेको ५५ लाख रकमसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा औरही नगरपालिका वडा नं. २ चेपकटका अन्दाजी २० वर्षीय धिरज कुमार यादव र रमेश कुमार सहनी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

ज.९ प.८२४७ नम्बरको मोटरसाईकलमा सबार उनीहरूलाई चेकजाँच गर्दा ५५ लाख बरामद भएको विष्टले बताए ।

धिरजले काँधमा भिरेको कालो रङ्गको कपडाको झोलाभित्र लुकाई छिपाई ल्याएको उक्त रकम बरामद भएको उनले बताए ।

पक्राउ परेका दुबैलाई रकम र मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *