अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,चैत्र १७ गते।
नेपाली सेनाले एकपटक ४ हजार सैनिक जवानको लागि भर्ना खुलाएको छ ।
सेनाको भर्ना छनौट निर्देशनालयले खुला तथा समावेशी प्रतिस्पर्धा छनोट गर्ने गरी दरखास्त आह्वान गरेको हो ।

गोरखापत्रमा प्रकाशित सूचना अनुसार खुलातर्फ दुई हजार ९८ जना र बाँकी संख्या समावेशी कोटाहरुमा भर्ति हुनेछन् ।
न्युनतम् ८ कक्षा पास गरेका र पुरूषका लागि उचाइ न्युनतम ५ फिट ३ इन्च तथा महिलाका लागि न्युनतम ५ फिट उचाइ हुनुपर्नेछ ।
देशका विभिन्न भर्ना केन्द्रबाट वैशाख १६ गतेसम्म १५० दस्तुर रुपैयाँसहित दरखास्त दिन सकिनेछ ।