अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,चैत्र २१ गते।
९० किलो लागुऔषध गाँजासहित एकजना भारतीय नागरिक मकवानपुरबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत मोजफरपुर जिल्ला थाना काटी हरिचन्द्र गाउँ पानापुर बस्ने ३५ वर्षीय असगर अलि रहेका छन् ।
मकवानपुरको मनहरी गाउँपालिका- ६ स्थित पूर्वपशचिम राजमार्गमा चितवनबाट मनहरी आउँदै गरेको भारतीय ट्रकलाई चेकजाँच गर्ने क्रममा क्याबिनमा रहेको गाँजासहित ट्रक र एक जनालाई नियन्त्रणमा लिएको मकवानपुर प्रहरीले जनाएको छ ।
पक्राउ परेका अलीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।