महन्थ ठाकुर अस्वस्थ भएपछि ठाकुरलाई हेलिकप्टरमार्फत काठमाडौं लगियो

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,चैत्र २३ गते।

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर अस्वस्थ भएका छन् ।

अध्यक्ष ठाकुरको स्वास्थ्यमा अचानक समस्या आएपछि उनलाई उपचारका लागि बुधबार दिउँसो हेलिकप्टरबाट काठमाडौं लगिएको छ ।

पार्टीको कार्यक्रमका मंगलबार भैरहवा पुगेका अध्यक्ष ठाकुर भैरहवास्थित होटल पौवामा बसेका थिए ।

अध्यक्ष ठाकुर बिहान ८ बजे अचानक अस्वस्थ भएपछि तत्कालै भैरहवास्थित भीम अस्पताल लगिएको थियो ।

ठाकुरमा निमोनिया र अक्सिजन लेभल कम देखिएको डा. सिद्धार्थ पाण्डेले बताए । अक्सिजन लेभल कम देखिएपछि ठाकुरलाई काठमाडौं रेफर गरिएको हो ।

ठाकुरलाई हेलिकप्टरमार्फत काठमाडौं लगिएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *