आज चैती छठ पर्वको सन्ध्या अर्घ

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,चैत्र २४ गते।

चैती छठको तेश्रो दिन अर्थात आज मुख्यदिन छठ मनाइने रहेको छ । आज अस्ताउदो सूर्यलाई सन्ध्या अर्घ दिइन्छ भने भोली विहान उदाउदो सूर्यको अर्घ दिएपछि छठ पर्वको समापन उदाउँदो सूर्य सँग हुन्छ।

चार दिनसम्म मनाईने यस पर्वको पहिलो दिन नुहाएर चोखो खाने चलन छ भने पञ्चमीका दिन खरना पर्व मनाईन्छ । खरनाको अवसरमा ब्रतालुहरुले निराहार उपवास बसि साँझपख खष्ठी देवीलाई प्रसाद चढाई खाने गर्दछन् । प्रसादमा खीर ,केरा, दुध एवम् विभिन्न प्रकारको फलफुलचढाईनेगरिन्छ । पर्वको तेश्रो दिन अस्ताउदो सूर्यलाई अर्घ दिन ब्रतालुहरुले साँझ सूर्य अस्ताउने प्रतिक्षा गर्दछन् । त्यस क्रममा सूर्य अस्ताउनु एक घण्टा पूर्व देखिनै ब्रतालुहरु खोला नदि या पोखरीमा प्रवेश गरि खष्ठीमाताको ध्यान गर्दै सूर्य देवलाई अर्घ दिने गर्दछन् ।

अर्घमा मुला, उँखु,भण्टा, ठकुवा, भुसवा ,केरा,नरिवल लागायतका सामग्रीहरु चढाउने गरिन्छ । सन्ध्या अर्घ पश्चात रात भरि ब्रतालुहरु जागरण बसि भोली पल्ट चैत्र सुक्ल सप्तमी तिथीका दिन उदाउदो सूर्यलाई अर्घ दिई पर्वको समापन गर्ने चलन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *