आज थपिए ९ जना कोरोना संक्रमित, कुल संख्या ११ लाख १९ हजार २९पुग्यो

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,वैशाख १९ गते।

आज पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार ३ हजार ३३३ जनाको पीसीआर परीक्षण गर्दा ८ जना र ९२२ जनाको एन्टीजेन परीक्षण गर्दा १ जना गरी ९ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमतिको संख्यासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार २९ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको मृत्‍यु नभएको मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोनाबाट मृत्‍यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ । यस्तै, ९ लाख ६६ हजार ६७४ जना संक्रमणमुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *