मेयर पदका उम्मेदवारहरु मध्ये मनोज चौधरी नगरवासीको पहिलो रोजाई

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,वैशाख २१ गते।

जनकपुरधाम उपमहानगरपालिकामा मेयर पदका उम्मेदवारहरुमा मनोज चौधरी उनी नगरवासीको पहिलो रोजाई बनेको छ। एक सर्वेका अनुसार उनी आफ्नो निकटम प्रतिध्वन्दी भन्दा निकै अगाडी रहेको छ।

जनकपुरधामका मतदाताहरु मधेशी जनताको हकहितको लडने लोसपा नै रहेको र लोसपाप्रति माहौल बन्दै गएकोले अहिलेसम्मको अवस्थामा मजबूत स्थितिमा रहेको छ ।

जनकपुरधाम उपमहानगरपालिकामा लोकतान्त्रिक समाजवादीबाट मेयर पदका उम्मेदवार मनोज चौधरीले आफू विजयी भएमा भ्रष्टाचारमुक्त उपमहानगर बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

चौधरीले आफू मेयरमा विजयी भएमा जनकपुरधामलाई सफा, स्वच्छ र हराभरा नगरको रुपमा विकास गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता गरेका छन् । साथै चौधरीले भने सबै मतदाता र जनकपुरधाम नगरबासीको भावनालाई कदर गरेर मात्र अघि बढ्ने योजना पनि सुनाए ।

मेरो पहिलो प्रतिबद्धता भनेको सुशासन हो । “घरभित्र फोहोर छ भने बाहिर सफा भएर केही हुँदैन । त्यसकारण मेरो पहिलो प्राथमिकता सुशासन हुन्छ” उनले भने “त्यसका लागि मैले भ्रष्टाचार मुक्त उपमहानगरपालिका बनाउनुपर्नेछ” ।

जनकपुरधाममा धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेकोले यहाँका मठ मन्दिरलाई व्यवस्थित गर्नुका साथै सौन्दर्यीकरणमा जोड दिनु आवश्यक रहेको उनले बताए ।

चौधरीसँग बिभिन्न संघ-संगठन चलाएको अनुभव रहेको छ, विकास निर्माणको नितीगत योजना समेत रहेको कारण जनकपुरधामको उपमहानगरपालिकाका लागि उपयुक्त प्रमुख हुने जनकपुरधाम नगरवासीको भनाई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *