अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,जेठ १० गते।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मुलुकका केही प्रदेशमा मेघ गर्जन /चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
प्रदेश १, मधेश, बाग्मती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा र बाँकी भूभागका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।