आज थपिए ५५ जना कोरोना संक्रमित

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,असार १६ गते।

आज नेपालमा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ५ सय ३२ पिसिआर परिक्षणका क्रममा ३६ जना र १ हजार १ सय ६६ एन्टीजेन परिक्षणका क्रममा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै थप १७ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ४ सय ६२ जना निको भएका छन् । हाल नेपालमा २ सय ८० सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *