आज देशभर आंशिकदेखि सामान्य बदली

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,असार १७ गते।

आज देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम विभागले जनाएको छ ।

देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ। प्रदेश १ का एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन र यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *