अनलाईन न्युजपाटी ,महेश सिंह सिरहा,समाचारदाता,भदौ २१ गते।
दलित विकास मञ्च सिरहाको आयोजना कल्याणपुर नगरपालिकाको सहकार्य र सि.वि.एम. ग्लोबलको साझेदारीमा सिरहा जिल्लाको कल्याणपुर नगरपालिकामा सञ्चालित सवैको लागि समावेशी उद्वघाटन गर्दै मेयर रामपुकार शाहले नगरपालिका बाट पाउने सेवा सुविधा मा कुनै प्रकारको कमि आउन नदिने प्रतिबद्धता जाहेर गरेका छन।
कार्यक्रमको प्रमुख अतिथिको रूपमा रहेका मेयर रामपुकार साहले सवै नागरिकको हक अधिकार बराबर भएकोले सेवा सुविधा बाट बञ्चित नहुने समेत बताएका छन। मेयर साहले अरू नागरिक सरह नै अपांग व्यत्तिहरू सरह नै सेवा सुविधा प्रदान गर्न नगरपालिका का कर्मचारीहरूलाई निर्देश समेत दिएका छन।
मेयर साहले अपांग समुदायको सक्षम तथा आत्मनिभर्र बनाउने योजना र बजेट समेत विनियोजन गर्ने समेत प्रतिबद्धता जाहेर गरेका छन।कल्याणपुर नगरपालिकाको वडा नम्बर १ देखि १२ वटा वडामा कार्यक्रम सञ्चालन गरिने दलित विकास मञ्च सिरहाका कार्यक्रम संयोजक जितेन्द्र रायले बताउनुभयो।
कार्यक्रममा विशिष्ट अतिथिको रूपमा कल्याणपुर नगरपालिकाका उपमेयर रेखा यादबको समेत सहभागी रहेको थियो । कार्यक्रममा कल्याणपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत को समेत सहभागीता रहेको थियो । कार्यक्रममा दलित विकास मञ्च सिहाका सचिवले स्वागत मन्तव्य राखनु भएको थियो।
कार्यक्रममा सि.वि.एम. ग्लोबलका विमल पौडेलको समेत सहभागीता रहेको थियो । कार्यक्रम संचालन संस्थाका फिल्ड सुपरभाइजर रविन महराले गरेको थियो। कार्यक्रमको अध्यक्षता दलित विकास मञ्च सिरहाको अध्यक्ष रूणा कुमारी महराले गरेकि थिईन।
कार्यक्रम सवै वडाका वडा अध्यक्ष तथा कार्यपालिका सदस्य र कल्याणपुर नगरपालिकाको शाखा प्रमुख र विभिन्न संचारकर्मिहरूको सहभागीता रहेको थियो ।