अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,असोज १४ गते।
दशैंको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदैछ ।
पौराणिक ग्रन्थमा स्कन्दमाताका विषयमा विभिन्न कथा वर्णन गरिएको छ । पार्वतीको आज्ञालाई स्वीकार गरी सनतकुमारले पार्वतीबाट जन्म ग्रहण गरेकाले स्कन्दमाता नाम रहन गएको भन्ने कथा पाइन्छ । स्कन्दको अर्थ सनतकुमार रहेको छ । स्कन्दमाताको प्रतिमा लक्षणमा यिनी सिंसाहनमा बसेकी तथा दुवै हातले कमलपुष्प समाएको हुने विवरण पाइने धर्मशास्त्रविद् प्रा .डा. रामचन्द्र गौतम बताउँछन् ।
जनकपुरको राजदेवी मन्दिर, बौधीमाइ मन्दिर, महोत्तरीको माइस्थान मन्दिर, सप्तरीको छिन्नमस्ता सखरा भगवती मन्दिर लगायत शक्तिपीठमा बिहानैदेखि स्कन्दमाताको पूजाअर्चनाको निम्ति श्रद्धालुभक्तजनको भीड लागेको छ ।