आज प्रधानमन्त्रीले प्रतिनिधिसभामा रहेका सबै राजनीतिका दलका प्रमुख सचेतकहरुसँग सामुहिक छलफल गर्ने

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,माघ २३ गते।

आज प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा रहेका सबै राजनीतिका दलका प्रमुख सचेतकहरुसँग सामुहिक छलफल गर्ने भएका छन ।

वालुवाटार स्रोतका अनुसार प्रतिनिधिसभामा रहेका सबै राजनीतिक दलका प्रमुख सचेतकहरुसँग अहिले बिहान ९ बजे सामुहिक छलफल गर्ने भएका हुन् ।

‘प्रधानमन्त्रीले संसदलाई कसरी प्रभावकारी बनाउने र सरकारले संसदलाई दिनुपर्ने बिजेनसका बारेमा राय लिने विषयमा छलफल गर्न लाग्नुभएको छ,’ वालुवाटार स्रोतले भन्यो ।

प्रधानमन्त्री प्रचण्डले संसदलाई अझ प्रभावकारी रुपमा लैजानका लागि यो बैठकको आयोजना गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *