ईयूको आयुक्त जुट्टा उर्पिलाइनेन एक दिने भ्रमणका लागि नेपाल आउने

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,माघ २३ गते।

ईयूको आयुक्त जुट्टा उर्पिलाइनेन एक दिने भ्रमणका लागि बुधवार नेपाल आउने भएकी छन् ।

ईयूको काठमाडौंस्थित दूतावासका अनुसार आयुक्त उर्पिलाइनेन ८ फेब्रुअरीमा नेपाल आउने तय भएको हो । इयुका अनुसार पोषण, शिक्षा र ग्रिन रिकभरीलगायत एजेन्डामा छलफल गर्ने कार्यक्रम तय भएको छ ।

काठमाडौंस्थित ईयूको राजदूतवासले जनाएअनुसार उनले प्रविधि, ऊर्जा, यातायात र वातावरणको लागि यूरोपेली संघले तय गरेको रणनीतिका विषयमा समेत उनले भ्रमणका क्रममा छलफल गर्नेछिन् ।

आयुक्त उर्पिलाइनेनले नेपालमा यूरोपेली संघका विभिन्न कार्यहरुको सुरुआत गर्न आउन लागेकी ईयूले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *