अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,माघ २९ गते।
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुको पद तथा गोपनीयताको शपथ आज हुनेभएको छ ।
मुख्यमन्त्री लीला गिरीले सरकारलाई समर्थन गरेका चार दलका सात जनालाई मन्त्रिमण्डलमा समावेश गरेर शनिबार सरकारलाई पूर्णता दिएका हुन् । यसअघि उनले गत पुस २८ गते दुई जना बिनाविभागीयमन्त्री नियुक्तिसहित तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए ।
एमालेबाट मुख्यमन्त्री सहित ५, माओवादीबाट ३ र अन्य साना दलबाट एक एक जना गरी १० जनाको मन्त्रिपरिषद निर्माण गरिएको छ । सत्ता साझेदार दलको बैठकले मन्त्रालय टुंगो लागेसँगै मन्त्रिहरुको नाम दलको बैठकबाट निर्णय गरेको थियो ।
प्रदेश प्रमुख अमिक शेरचनले आर्थिक मामिला मन्त्रीको रुपमा माओवादी संसदीय दलका नेता जोखबहादुर महरा, भौतिक पूर्वाधार विकास मन्त्री इन्द्रजीत थारु र आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्री कृष्णा केसीलाई नियुक्त गरेका छन् ।
दाङमा दिउँसो १ बजेका शपथ ग्रहणको कार्यक्रम तय भएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।